२४°C
काठमाडौं
मंगलबार, जेठ १९, २०८३
Tuesday, Jun 2, 2026
ताजा अपडेट
लेखक
D

DeshRaibar

जेठ १९
20 Dec, 2025

📖 1 मिनेट
📅 मंगलबार
शेयर गर्नुहोस्
SponsoredUI/UX Design
Advertisement

कबिता

D
DeshRaibar
Dec 20, 2025 244 भ्यूज
कबिता

 यथार्थको समयरेखामा

कतै म आफैँ अड्किएझैँ छु—निरर्थक।

अर्थहीन अनुभूतिहरू

मनभरि छरपस्ट छन्,

कल्पनाभन्दा गहिरो पीडामा

जीवन मौन रूपमा बगिरहेछ।

आज त्यही पीडाले

शब्दको रूप लिएर

आफैँलाई सुनाउँछ।

रिक्तताभित्र

थुनिएका स्वरहरूको हलचल छ,

र म

त्यही कोलाहलमा

जीवनको अर्थ खोज्दैछु।

मनको अशान्त कुनाबाट

मौनको प्रतिध्वनि उठ्छ,

र महसुस हुन्छ—

म आफैँसँगै

बिस्तारै टाढिँदैछु।

     -सुमन बस्नेत 'काजि'

SponsoredAdhyayana Banner
Advertisement
यो समाचार कस्तो लाग्यो?
😊
0%
😢
0%
😲
0%
😡
0%
🤩
0%

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन लगइन गर्नुहोस्।