यथार्थको समयरेखामा
कतै म आफैँ अड्किएझैँ छु—निरर्थक।
अर्थहीन अनुभूतिहरू
मनभरि छरपस्ट छन्,
कल्पनाभन्दा गहिरो पीडामा
जीवन मौन रूपमा बगिरहेछ।
आज त्यही पीडाले
शब्दको रूप लिएर
आफैँलाई सुनाउँछ।
रिक्तताभित्र
थुनिएका स्वरहरूको हलचल छ,
र म
त्यही कोलाहलमा
जीवनको अर्थ खोज्दैछु।
मनको अशान्त कुनाबाट
मौनको प्रतिध्वनि उठ्छ,
र महसुस हुन्छ—
म आफैँसँगै
बिस्तारै टाढिँदैछु।
-सुमन बस्नेत 'काजि'


प्रतिक्रियाहरू
प्रतिक्रिया दिन लगइन गर्नुहोस्।