२४°C
काठमाडौं
मंगलबार, जेठ १९, २०८३
Tuesday, Jun 2, 2026
ताजा अपडेट
लेखक
D

DeshRaibar

जेठ १९
14 Dec, 2025

📖 1 मिनेट
📅 मंगलबार
शेयर गर्नुहोस्
SponsoredUI/UX Design
Advertisement

एमाले महाधिवेशनमा भीड बढाएर देखाउन महेश बस्नेतद्वारा एआई प्रयोगको आरोप

D
DeshRaibar
Dec 14, 2025 261 भ्यूज
एमाले महाधिवेशनमा भीड बढाएर देखाउन महेश बस्नेतद्वारा एआई प्रयोगको आरोप

काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टीको राष्ट्रिय महाधिवेशनमा सहभागी जनसहभागितालाई अत्यधिक देखाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरेको खुलेको छ। शनिबार भक्तपुरको सल्लाघारीमा सम्पन्न महाधिवेशन उद्घाटन समारोहको तस्बिरमा गुगलको एआई टुल ‘जेमिनाई’ प्रयोग गरी कृत्रिम रूपमा भीड थपिएको तथ्य सार्वजनिक भएको हो।
बस्नेतले सामाजिक सञ्जालमा साझा गरेका तस्बिरहरूमध्ये एक तस्बिरमा जेमिनाईको वाटरमार्क स्पष्ट देखिएको छ। उनले चार वटा तस्बिर पोस्ट गर्दै “एमालेको उद्घाटन सभामा यो उपस्थिति जनसागरको एउटा थोपा मात्रै हो” भन्ने टिप्पणी गरेका थिए। तर, जनसागरको दाबी गरिएको तस्बिरमा एआई प्रयोग गरी सहभागीको संख्या बढाएर देखाउन खोजिएको पुष्टि भएको छ।

SponsoredAdhyayana Banner
Advertisement
यो समाचार कस्तो लाग्यो?
😊
0%
😢
0%
😲
0%
😡
0%
🤩
0%

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन लगइन गर्नुहोस्।