२४°C
काठमाडौं
मंगलबार, जेठ १९, २०८३
Tuesday, Jun 2, 2026
ताजा अपडेट
लेखक
D

DeshRaibar

जेठ १९
16 Dec, 2025

📖 1 मिनेट
📅 मंगलबार
शेयर गर्नुहोस्
SponsoredUI/UX Design
Advertisement

एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेदेखि सुरु हुने

D
DeshRaibar
Dec 16, 2025 226 भ्यूज
एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेदेखि सुरु हुने

काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशनअन्तर्गत आजका लागि तय गरिएको मतदान प्रक्रिया स्थगित गरिएको छ। निवर्तमान महासचिव शंकर पोखरेलले प्राविधिक कारणले गर्दा मतदान सुरु गर्न नसकिएको जानकारी दिएका हुन्।
उनका अनुसार चिसो मौसमका कारण लामो समयसम्म प्रतिक्षा गर्न सम्भव नभएकाले आज हुने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि सुरु गरिने निर्णय गरिएको हो। “प्राविधिक कारणले मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,” पोखरेलले भने, “चिसो मौसमका कारण पनि हामी लामो समय पर्खिन सक्ने अवस्थामा छैनौँ।”
महाधिवेशनस्थलमै भोलि बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु गरिने र त्यसका लागि सबै तयारी पूरा गरिने उनले जानकारी दिएका छन्।

SponsoredAdhyayana Banner
Advertisement
यो समाचार कस्तो लाग्यो?
😊
0%
😢
0%
😲
0%
😡
0%
🤩
0%

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन लगइन गर्नुहोस्।