२४°C
काठमाडौं
मंगलबार, जेठ १९, २०८३
Tuesday, Jun 2, 2026
ताजा अपडेट
लेखक
D

DeshRaibar

जेठ १९
22 Dec, 2025

📖 1 मिनेट
📅 मंगलबार
शेयर गर्नुहोस्
SponsoredUI/UX Design
Advertisement

ओली–देउवा भेटवार्ता, महाराजगञ्जमा राजनीतिक संवाद

D
DeshRaibar
Dec 22, 2025 616 भ्यूज
ओली–देउवा भेटवार्ता, महाराजगञ्जमा राजनीतिक संवाद

७ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। अध्यक्ष ओली महासचिव शंकर पोखरेलसहित देउवा निवास महाराजगञ्ज पुगेका हुन्।

भेटमा कांग्रेस सभापति देउवाकी पत्नी आरजु राणा देउवा पनि सहभागी थिइन्। देउवालाई भेट्न ओली स्वयं महाराजगञ्ज पुगेका हुन्।

यसअघि मंसिर १० गते पनि अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए। देउवा–ओली भेटपछि कांग्रेसका आठ जना पूर्वसांसदको वारेसमार्फत विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। त्यसअघि नै एमाले पनि सोही विषयमा रिट लिएर सर्वोच्च पुगेको थियो।

भदौमा भएको ‘जेनजी आन्दोलन’पछि देउवा र ओलीबीच यो दोस्रो भेट हो।

SponsoredAdhyayana Banner
Advertisement
यो समाचार कस्तो लाग्यो?
😊
0%
😢
0%
😲
0%
😡
0%
🤩
0%

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन लगइन गर्नुहोस्।