विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि ७७ रनको एकपक्षीय जित हात पार्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश गरेको छ ।
यसअघिको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ ।
सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो । अब विराटनगरले भने इलिमिनेटरमा भिड्दै गरेको काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासँग पुन फाइनल प्रवेशका लागि खेल्नेछ ।


प्रतिक्रियाहरू
प्रतिक्रिया दिन लगइन गर्नुहोस्।