२४°C
काठमाडौं
मंगलबार, जेठ १९, २०८३
Tuesday, Jun 2, 2026
ताजा अपडेट
लेखक
D

DeshRaibar

जेठ १९
13 Dec, 2025

📖 1 मिनेट
📅 मंगलबार
शेयर गर्नुहोस्
SponsoredUI/UX Design
Advertisement

संकटबाट शिखरसम्म : लुम्बिनी लायन्सको ऐतिहासिक च्याम्पियन यात्रा

D
DeshRaibar
Dec 13, 2025 308 भ्यूज
संकटबाट शिखरसम्म : लुम्बिनी लायन्सको ऐतिहासिक च्याम्पियन यात्रा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनीले प्रतियोगिताकै बलियो मानिएको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक च्याम्पियन यात्रा पूरा गर्‍यो। गत सिजन अंक तालिकाको पुछारमा रहेर पहिलो टोलीका रूपमा बाहिरिएको लुम्बिनीका लागि यो उपाधि असाधारण पुनरागमनको प्रतीक बनेको छ।

फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स लुम्बिनीको उत्कृष्ट स्पिन र अनुशासित बलिङअगाडि १९.१ ओभरमा ८५ रनमै अलआउट भयो। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिकसहित ३ विकेट लिँदै खेलको धार नै मोडे। यस्तै, रुबेन ट्रम्पलम्यान र शेर मल्लले पनि समान ३–३ विकेट लिए। जवाफी ब्याटिङमा लुम्बिनीले ८६ रनको सामान्य लक्ष्य ४ विकेटको क्षतिमा ९ ओभरमै पूरा गर्‍यो। ओपनर दिनेश अधिकारीले १३ बलमा ४२ रनको विस्फोटक इनिङ खेलेर जित सहज बनाए।

लिग चरणमा लगातार तीन खेल गुमाउँदै बाहिरिने संघारमा पुगेको लुम्बिनीले त्यसपछि लगातार ६ खेल जित्दै उपाधि उचालेको हो। एलिमिनेटरमा काठमान्डु गोर्खाज, दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल पुगेको लुम्बिनीले निर्णायक खेलमा पनि दबदबा कायम राख्यो। लगातार दोस्रो सिजन फाइनल खेलेको सुदूरपश्चिम रोयल्स भने यस पटक पनि उपविजेतामै सीमित बनेको छ।

SponsoredAdhyayana Banner
Advertisement
यो समाचार कस्तो लाग्यो?
😊
0%
😢
0%
😲
0%
😡
0%
🤩
0%

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन लगइन गर्नुहोस्।